Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

आम निर्वाचनः ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा

आम निर्वाचनः ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा

  • शुक्रवार, मंसिर २ २०७९

  • 367
    SHARES

  • आम निर्वाचनः ९०३ सैनिक बम डिस्पोजल टोली तयारी अवस्थामा

    काठमाडौं । निर्वाचन सुरक्षालाई ध्यान दिँदै सरकारले देशभरलाई कभर गर्ने गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई तयारी अवस्थामा राखेको छ । चुनावको सुरक्षा तयारी जानकारी गराउन गृहमन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा ९ सय ३ बम डिस्पोजल टोली तयार पारिएको जानकारी गराइएको छ ।

    मतदान नजिकिँदै गर्दा चुनाव बहिष्कार गरेका विप्लव नेकपासहितबाट हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यान दिँदै सरकारले सतर्कता बढाएको हो ।

    मतदानस्थललाई संवेदनशील, अतिसंवेदनशील मानेर वर्गीकरण गरी त्यही अनुसारको सुरक्षा रणनीति बनाइएको गृहले जनाएको छ ।

    आज आयोजित पत्रकार सम्मेलनमार्फत गृहसचिव विनोदप्रकाश सिंहले साना हतियारको दुरुपयोग गरेर जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला प्रशासनमार्फत हातहतियार लिएको बताउनुभयो ।

    निर्वाचनलाई स्वच्छ र भयमुक्त बनाउनका लागि प्रजिअको अधिकार प्रत्यायोजन गरेर सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको बताउनुभयो । उनीहरूले मौन अवधिमा आचारसंहिताको विषयलाई समेत अनुगमन गर्ने बताउनुभयो ।

    उहाँले निर्वाचनको सुरक्षार्थ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी खटाइएको जानकारी दिनुभएको छ ।


    शुक्रवार, मंसिर २ २०७९०४:३३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij