Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

गोरखाका मतगणनास्थलमा सीसीटीभी र तारजाली

गोरखाका मतगणनास्थलमा सीसीटीभी र तारजाली

  • शनिवार, मंसिर ३ २०७९

  • 341
    SHARES

  • गोरखाका मतगणनास्थलमा सीसीटीभी र तारजाली

    काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ ।

    गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ । सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो ।

    मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताउनुभयो । ‘मतगणना स्थल तयार भइसक्यो’, उहाँले भन्नुभयो, ‘सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेका छौ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।

    यता गोरखा–१ को मतगणना स्थल पनि तयार भइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताउनुभयो । स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।


    शनिवार, मंसिर ३ २०७९०२:२३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij