Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू हुन सकेन

हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू हुन सकेन

  • आइतवार, मंसिर ४ २०७९

  • 485
    SHARES

  • हुम्लाका चार केन्द्रमा चिसोका कारण मतदान सुरू हुन सकेन

    काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ का तीन मतदान केन्द्र र वडा–५ को मुचुमा चिसोका कारण मतदान सुरूआत हुन सकेको छैन ।

    अत्यधिक चिसोले नाम्खा–६ को तिल, जाङ, हलजी र वडा नम्बर–५ को मुचुमा मतदान हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

    लिमिको हल्जी गाउँको सुनखानी, आधारभूत विद्यालयको मतदान केन्द्र, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय मतदान केन्द्र, तिल गाउँको हिमशिखर आधारभूत मतदान केन्द्र र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसो मतदान हुने नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताउनुभयो ।

    ५९ मतदान केन्द्रमध्ये ५५ मतदान केन्द्रमा मतदान सुरू भइसकेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त प्रमुख श्यामबहादुर रानाले जानकारी दिनुभयो। जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरूपमा मतदान सुरू भइरहेको उहाँको भनाइ छ ।


    आइतवार, मंसिर ४ २०७९१०:५७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij