Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शीर्ष नेताले कहाँ–कहाँबाट गरे मतदान ?

शीर्ष नेताले कहाँ–कहाँबाट गरे मतदान ?

निर्वाचन देशैभर उत्साहपूर्वक रुपमा चल्दै
  • आइतवार, मंसिर ४ २०७९

  • 595
    SHARES

  • शीर्ष नेताले कहाँ–कहाँबाट गरे मतदान  ?

    काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन देशैभर उत्साहपूर्वक तरिकाले भइरहेको छ।

    दलका शीर्ष नेता,उम्मेदवार र मन्त्रीहरू आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरिरहेका छन्। आज बिहानदेखि मन्त्रीहरू पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गर्नुभएको छ । उहाँले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको हो ।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा मतदान गरेर गोरखा पुग्नुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान चितवन निर्वाचन क्षेत्र ३ शिवनगरस्थित भरतपुर–१४ शान्तिपुर नेपाल प्रहरी विद्यालयको (क) केन्द्रबाट मतदान गर्नुभएको थियो । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्नुभएको छ ।

    सहरी विकासमन्त्री मेटमणी चौधरीले दाङबाट मतदान गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–६ स्थित मावि गढवा मतदानकेन्द्रबाट मतदान गर्नुभएको हो ।त्यसैगरी अर्थमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गर्नुभएको छ । शर्माले मुसिकोट नगरपालिका–५ सेरिगाउँस्थित श्री यमुनानन्द नमुना माविमा पुगेर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

    उर्जा,जलस्रोत र सिंचाईमन्त्री पम्फा भुसालले ललितपुर महानगर २ को राजतीर्थ मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री तथा काठमाडौं–८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले स्वयम्भूस्थित भुइँँखेल मतदान केन्द्र ’क’ बाट मतदान गर्नुभएको छ ।

    युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके–१ ९२० अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट मतदान गर्नुभएको छ । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मतदान गर्नुुभएको छ । उहाँले दार्चुलाको महाकाली नगरपालिका–५ अपिनाम्पा ९क० केन्द्रमा मतदान गर्नुभएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चाबहिल महांकालको पानीट्यांकी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । मतदानका लागि उहाँ आज बिहान ७ बज्नुअघि नै मतदानस्थल पुग्नुभएको थियो ।


    आइतवार, मंसिर ४ २०७९११:५५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij