Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी कमजोर देखिएपछि नारायणकाजी भन्छन्– आँधीबेरीहरु बाटो सफा गर्न पनि आउँछन्

माओवादी कमजोर देखिएपछि नारायणकाजी भन्छन्– आँधीबेरीहरु बाटो सफा गर्न पनि आउँछन्

  • बुधवार, मंसिर ७ २०७९

  • 1.1K
    SHARES

  • माओवादी कमजोर देखिएपछि नारायणकाजी भन्छन्– आँधीबेरीहरु बाटो सफा गर्न पनि आउँछन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको चुनावी परिणामको समग्र विश्लेषण र संश्लेषण गर्नुपर्ने बताउनुभएको छ ।

    प्रतिनिधि सभाको मतगणनामा देशभरका विभिन्न ठाउँको परिणाम सार्वजनिक भइरहँदा माओवादीको कमजोर उपस्थिति देखिँदा श्रेष्ठले सामाजिक सञ्जालमा सन्देश लेख्दै चुनावी परिणामको समग्र रुपमा समीक्षा गर्नुपर्ने बताउनुभएको हो ।

    बुद्धको शिक्षालाई उद्धृत गर्दै श्रेष्ठले आँधि बेहरीहरु जीवनमा सधैं ध्वंश गर्न मात्र आउने नभइ, बाटो सफा गर्न पनि आउने टिप्पणी गर्नुभएको छ । अहिलेको चुनावी परिणामले माओवादीको बाटो सफा गरेको रुपमा बुझ्नुपर्ने उहाँको आशय छ।

    श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ– निर्वाचन परिणाम आइरहेका छन्। यसले निश्चित सन्देशहरु दिएको छ। यसबारेमा समग्र बिश्लेषण,संश्लेषण गर्नै पर्छ। त्यसको लागि धेरै घोत्लिनु पर्ने स्थिति पनि छैन। निष्कर्ष सहज बोधगम्य नै छ। तर अहिले यति मात्र स् बुद्ध शिक्षाको महत्वपूर्ण निम्न अंशलाई मनन गरौं।

    ‘सबै आँधीबेरीहरु तपाईंको जीवन ध्वंश गर्न मात्र आउँदैनन् , कुनै तपाईंको बाटो सफा गर्न पनि आउँछन्।’


    बुधवार, मंसिर ७ २०७९०१:४४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij