Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खानेपानी मन्त्री चौधरीलाई पराजित गर्दै एमाले उम्मेदवार जित नजिक

खानेपानी मन्त्री चौधरीलाई पराजित गर्दै एमाले उम्मेदवार जित नजिक

  • बिहिवार, मंसिर ८ २०७९

  • 905
    SHARES

  • खानेपानी मन्त्री चौधरीलाई पराजित गर्दै एमाले उम्मेदवार जित नजिक

    काठमाडौं । बारा निर्वाचन क्षेत्र नं १ मा बहालवाला खानेपानी मन्त्री उमाकान्त चौधरीलाई पछि पार्दै एमाले उम्मेदवार अच्युत मैनालीको जित नजिक पुग्नुभउको छ ।

    हालसम्म भएको मतगणनामा एमाले उम्मेदवार मैनाली ५ हजार ४५४ मतले अगाडि हुनुहुन्छ । मैनालीले २७ हजार ४६३ मत ल्याउँदा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार चौधरीले २२ हजार ९ मत प्राप्त गर्नुभएको छ ।

    सो निर्वाचन क्षेत्रमा २०७४ मा पनि मैनाली र चौधरीबीच नै प्रतिस्पर्धा भएको थियो । २ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका खानेपानी मन्त्री चौधरीका यसपटकको निर्वाचन सकसपूर्ण देखिएको छ ।

    १ लाख १९ हजार ३७५ मतदाता रहेको बारा निर्वाचन क्षेत्र नं १ मा करिब ८१ हजार ३८४ मत खसेको थियो । हालसम्म करिब ६० हजार मतगणना जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


    बिहिवार, मंसिर ८ २०७९०२:२४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij