काठमाडौं । नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छाडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बन्न पुगेका नेता घनश्याम भुसाल रुपन्देही १ मा पराजित हुनुभएको छ ।
गठबन्धनको साझा उम्मेदवार बन्नुभएका भुसालको पराजय निश्चित भइसकेको छ भने मतगणना नसिकिँदै एमालेका कार्यकर्ताले विजय जुलुस निकाली सकेका छन् । सो क्षेत्रमा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज समेत रहनुभएका पार्टी सचिव छविलाल विश्वकर्मा गन्न बाँकी मतभन्दा बढीको अग्रतामा हुनुहुन्छ ।
भुसाल आफ्नै पूर्व सहकर्मी छविलालभन्दा ५ हजार बढी मतले पछि पर्नुभएको छ ।