काठमाडौं । रुपन्देही-२ बाट नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार गणेश पौडेललाई १ हजार ३६६ मतान्तरले हराउँदै पौडेल निर्वाचित हुनुभएको हो ।
विष्णु पौडेलले २७ हजार १४८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याउनुभयो । यसैगरी सत्ता गठबन्धनको समर्थन पाउनुभएका राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२ हजार १० मत र स्वतन्त्र उम्मेदवार १ हजार २९ मत ल्याउनुभयो ।
रुपन्देही(२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।