काठमाण्डौं । इलाम क्षेत्र नम्बर २ मा मतगणना जारी हुँदा नेकपा एमालेका सुवास नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
पछिल्लो मतपरिणमअनुसार नेम्वाङले अग्रता लिनुभउको छ । एमालेका नेम्वाङ १ सय ३० मतले अघि देखिनुभएको छ ।
पछिल्लो परिणामअनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २९ हजार ५ मत ल्याउनुभएको छ ।