Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाजुराको नन्देश्वरी केन्द्रमा कडा सुरक्षाबीच मतदान जारी

बाजुराको नन्देश्वरी केन्द्रमा कडा सुरक्षाबीच मतदान जारी

  • शनिवार, मंसिर १० २०७९

  • 309
    SHARES

  • बाजुराको नन्देश्वरी केन्द्रमा कडा सुरक्षाबीच मतदान जारी

    काठमाडौं । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका ५ नन्देश्वरी मावि मतदान केन्द्रमा बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको छ।

    मंसिर ४ गतेको निर्वाचनमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच दोहोरो झडपपछि मतदान स्थगित गरिएको थियो। निर्वाचन अधिकृतको प्रतिवेदनका आधारमा स्थगित गरिएको निर्वाचन निर्वाचन आयोगले आजका लागि गर्ने निर्णय गरेको थियो।

    बिहान ७ बजेबाट सुरु भएको मतदान केन्द्रमा मतदाताको उल्लेखनीय उपस्थिति रहेको सहायक प्रहरी निरिक्षक ईश्वर नायकले बताउनुभयो ।

    मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी ५ सय बढी सुरक्षाकर्मीको सुरक्षाबीच मतदान भइरहको नायकले बताउनुभयो।

    मतदान केन्द्रमा ९ सय ९९ मतदाता छन्। अहिलेसम्म जम्मा १ सय ५० मत खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।


    शनिवार, मंसिर १० २०७९०३:२०:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij