Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाजुरामा पुनः मतदान सम्पन्न, कति खस्यो मत ?

बाजुरामा पुनः मतदान सम्पन्न, कति खस्यो मत ?

  • शनिवार, मंसिर १० २०७९

  • 857
    SHARES

  • बाजुरामा पुनः मतदान सम्पन्न, कति खस्यो मत ?

    काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका ५ मा पुनः मतदान शान्तिपूर्ण रुपमा सकिएको छ।

    सो मतदान स्थलका ९ सय ९९ मतदाता रहेकामा ५ सय ९७ मत खसेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिनुभयो। बूढीनन्दामा मतदान सकिए पनि बाजुरामा मतगणना गर्न भने अझै केही दिन पर्खनुपर्नेछ।

    बुढीनन्दा बाहेक जिल्लाभरका २४ भन्दा बढी मतदान केन्द्रको मतदान रद्द गर्न राजनीतिक दलले दिएको निवेदनमाथि छानबिन भइरहेकाले अहिल्यै मतगणना सुरु नहुने पौडेलले बताउनुभयो ।

    विवादित केन्द्रको छानबिन गर्न शुक्रबार बाजुरा पुगेको निर्वाचन आयोगको टोलीले आज राजनीतिक दलका पदाधिकारीसँग छलफल गरेको छ। छानबिन टोलीले तयार पारेको प्रतिवेदन अनुसार निर्वाचन आयोगले विवादित स्थानमा पुनः मतदान गर्ने वा खसेकै मत गणना गर्ने निर्णय गर्नेछ।

    गत मंसिर ४ गतेको निर्वाचनमा बाजुराका विभिन्न मतदान स्थलमा विवाद र झडप भएको थियो।

    झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान गएको थियो भने एक जनाको कुटपिटबाट मृत्यु भएको थियो।


    शनिवार, मंसिर १० २०७९०६:४०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij