Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अब ९ क्षेत्रमा मत गणना हुन बाकि, कहाँको अवस्था कस्तो ?

अब ९ क्षेत्रमा मत गणना हुन बाकि, कहाँको अवस्था कस्तो ?

  • आइतवार, मंसिर ११ २०७९

  • 703
    SHARES

  • अब ९ क्षेत्रमा मत गणना हुन बाकि, कहाँको अवस्था कस्तो ?

    काठमाडौं । अब देशभरका नौवटा निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये बिहान पौने १० बजेसम्म १५७ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ ।

    जसमा कांग्रेस ५३ सिटसहित पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ ।

    तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले १७ सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले १० सिट जितेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात–सात सिट जितेका छन् ।

    जनता समाजवादी पार्टीले ६ सिट जितेको छ । लोकतान्त्रिक समाजवादीले चार सिट जित्दा नागरिक उन्मुक्ति पार्टीले तीन सिट जितेको छ । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक–एक सिट जितेका छन् । पाँच क्षेत्रमा स्वतन्त्र उमेदवार विजयी भएका छन् ।

    बाँकी रहेका ९ क्षेत्रमध्ये नेपाली कांग्रेस तीन क्षेत्रमा अगाडि छ । दुई क्षेत्रमा एमाले र एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ ।

    कांग्रेसले अग्रता बनाएका क्षेत्र

    सुनसरी–४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि हुनुहुन्छ । उहाँले २३ हजार ४३९ मत ल्याउनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका एमालेका जगदिशप्रसाद कुसियैत २३ हजार ३४१ मत पाउनुभएको छ ।

    उदयपुर–१ मा कांग्रेसका नारायण खड्का अगाडि हुनुहुन्छ । पछिल्लो विवरणअनुसार खड्काले २७ हजार ४८४ मत पाउनुभएको छ । एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

    धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव २२ हजार ४५७ मतसहित अगाडि हुनुहुन्छ । एमालेका रघुवीर महासेठले २१ हजार ३७१ मत पाउनुभएको छ ।

    एमालेले अग्रता बनाएका क्षेत्र

    सुनसरी–३ मा एमालेकी भगवती चौधरी २२ हजार ८४२ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । नेपाली कांग्रेसका विजयकुमार गच्छदारले १८ हजार २६७ मतका साथ पछ्याइरहनुभएको छ ।

    इलाम–१ मा एमालेका महेश बस्नेत २० हजार ३८५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनाल १८ हजार २०५ मत पाउनुभएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाएको क्षेत्र

    सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ८५५ मतसहित अगाडि हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा)का अशोक राईले १२ हजार ५०४ मत पाउनुभएको छ ।

    मतगणना सुरु हुन नसकेका क्षेत्र

    दोलखा–१, स्याङ्जा–२ र बाजुरामा अझै मतगणना सुरु भएको छैन ।


    आइतवार, मंसिर ११ २०७९०२:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij