Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

झलनाथ खनाल पराजित हुने निश्चित

झलनाथ खनाल पराजित हुने निश्चित

  • आइतवार, मंसिर ११ २०७९

  • 549
    SHARES

  • झलनाथ खनाल पराजित हुने निश्चित

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजयनजिक पुग्नुभएको छ ।

    इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि पर्नुभएको छ । इलाम १ मा सातौंपटक उम्मेदवार बन्नुभएका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि पर्नुभयो ।

    पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहनुभएको छ । कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उहाँले जित निकाल्न असम्भव हुनेछ ।

    गठबन्धनको साथ हुँदा पनि जित्ने स्थिति नभएपछि खनालले पुनः मतदानको माग गर्नुभएको छ ।


    आइतवार, मंसिर ११ २०७९०२:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij