Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

समानुपातिकतर्फको मत गणना अन्तिम चरणमाः नेकपा एसलाई राष्ट्रिय दल बन्न कठिन

समानुपातिकतर्फको मत गणना अन्तिम चरणमाः नेकपा एसलाई राष्ट्रिय दल बन्न कठिन

  • आइतवार, मंसिर ११ २०७९

  • 2.2K
    SHARES

  • समानुपातिकतर्फको मत गणना अन्तिम चरणमाः नेकपा एसलाई राष्ट्रिय दल बन्न कठिन

    काठमाडौं । मंसिर ४ मा भएको निर्वाचनको मतगणना करीब अन्तिम चरणमा पुगेको छ । कुल १६५ निर्वाचन क्षेत्र अहिलेसम्म १५७ क्षेत्रको नतिजा आएको छ ।

    निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना गरिरहेको छ । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय मान्यता पाउँछ वा पाउँदैन भन्नेमा धेरैले चासो व्यक्त गरिरहेका छन् । पछिल्लो परिणामअनुसार, समानुपातिकतर्फ आइतवार दिउँसो १ बजेसम्ममा ८४ लाख ८२ हजार ३३३ सदर मतको गणना भइसकेको छ । राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि कुल खसेको सदर मतको न्यूनतम ३ प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

    निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा चुनावमा कुल मतदाताको ६१ प्रतिशत मत खसेको भनेको छ । त्यसअनुसार, करीब १ करोड ९ लाख मत खसेको मान्न सकिन्छ । तर, खसेका सबै मत सदर हुँदैनन् । कुल खसेको मतमध्ये १ करोड मत सदर हुन्छन् भन्ने मान्ने हो भने एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कम्तीमा ३ लाख मत ल्याउनुपर्ने हुन्छ ।

    आयोगको तथ्यांकअनुसार, अब करीब १५ लाख १७ हजार हाराहारीको सदर मत गणना हुन बाँकी छ । गन्न बाँकी मतमध्ये एकीकृत समाजवादीले कम्तीमा ७२ हजार मत ल्याउनुपर्छ, जुन त्यति सजिलो देखिँदैन ।

    अहिलेसम्मको मत गणनामा एकीकृत समाजवादीले पाएको मतलाई प्रतिशतमा हेर्ने हो भने २.७ प्रतिशत उसको पक्षमा छ । यसलाई ३ प्रतिशतमा पुर्‍याउन गन्न बाँकी मतको करीब ४.५ प्रतिशत मत ल्याउनुपर्छ । एकीकृत समाजवादीका आफ्नो उम्मेदवार भएका ठाउँको मतगणना भइसकेको छ । उम्मेदवार नभएको ठाउँबाट एकीकृत समाजवादीलाई प्रत्यक्षमा त्यति धेरै मत आएको देखिँदैन ।

    यी सबै तथ्यहरू हेर्दा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय दलको मान्यता पाउन कठिन अवस्था सिर्जना भएको छ ।


    आइतवार, मंसिर ११ २०७९०२:५५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij