Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एमालेले समानुपातिकमा २४ लाख मत कटायो, अरु दलको कति ?

एमालेले समानुपातिकमा २४ लाख मत कटायो, अरु दलको कति ?

  • आइतवार, मंसिर ११ २०७९

  • 1.0K
    SHARES

  • एमालेले समानुपातिकमा २४ लाख मत कटायो, अरु दलको कति ?

    काठमाडौं । नेकपा एमालेले समानुपातिकमा २४ लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आज दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ ।

    नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ । माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो ।

    माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।

    त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

    समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।


    आइतवार, मंसिर ११ २०७९०३:४९:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij