काठमाडौं । चार दिनदेखि रोकिएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना दिउँसो ३ बजेदेखि सुचारु भएको छ । सर्वदलीय बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेरेपछि गणना सुरु भएको हो ।
मतगणना सुचारु गर्न आज बिहान सर्वदलीय बैठक बसेको थियो । बैठकमा विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेर्ने सहमति भएको थियो । बैठकपछि दलका प्रतिनिधि, उमेदवार, मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधिवक्ता, प्रशासन र सुरक्षा प्रमुखले फुटेज हेरेका थिए ।
सुनसरीको क्षेत्र नं. ४ मा अब चारवटा स्थानीय तहको गरी २० हजार मतगणना हुन बाँकी छ । सो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार ज्ञानेन्द्रबहादुर कार्कीले २३ हजार ४३९ मत ल्याएर अग्रता कायम गर्नुभएको छ ।
नेकपा (एमाले)का उमेदवार जगदिशप्रसाद कुसियैतले २३ हजार ३४१ मत ल्याउनुभएको छ । दुईबीचको मतान्तर ९८ मत रहेको छ।