Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने

  • बुधवार, मंसिर १४ २०७९

  • 932
    SHARES

  • स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने

    काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

    दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः मतदानको माग गरेका थिए ।

    ती ४ बुथमा अस्वाभाविक मत खसेको र प्रहरी प्रशासन पनि मुकदर्शक बनेको उनीहरूको आरोप छ । मतदान गर्ने ठाउँमा भिडभाडसहित एकलौटी मत खसालेको भिडिओ पनि सार्वजनिक भएको थियो ।

    अरु क्षेत्रमा औसतमा ६० प्रतिशत मत खसेपनि यहाँ ९८ प्रतिशतसम्म मत खसेको भन्दै एमाले उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पुनः मतदानको मागसहित पत्रकार सम्मेलन समेत गरेका थिए । यहाँ मरेका र विदेशिएका मानिसका नाममा भोट हालेको एमालेलगायतका दलको आरोप छ ।


    बुधवार, मंसिर १४ २०७९०२:१२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij