काठमाडौं । सुनसरी ४ को पछिल्लो मतगणनाको परिणाम सार्वजनिक भएको छ । गणना अन्तिमतिर आइपुग्दा कांग्रेस उम्मेदवार सञ्चारमन्त्रीमात्र ५८ मतले अगाडि हुनुहुन्छ ।
एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३६५ को मतान्तरलाई झारेर ५८ मा ल्याउनुभएको हो ।
२८ वटा वडाको मत गणना भई सुनसीको बराह ११ र भोक्राह ७ को मतगणना जारी रहँदा कार्कीले २७ हजार ४४० मत पाउनुभएको छ ।
कुसियैतले भने २७ हजार ३८२ मत पाउनुभएको छ ।