Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्याङ्जा २ मा आज राति ९ बजेदेखि मतगणना हुने

स्याङ्जा २ मा आज राति ९ बजेदेखि मतगणना हुने

  • बुधवार, मंसिर १४ २०७९

  • 294
    SHARES

  • स्याङ्जा २ मा आज राति ९ बजेदेखि मतगणना हुने

    काठमाडौं । स्याङ्जा २ मा आज राति ९ बजेदेखि मतगणना हुने भएको छ ।

    निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि जिल्लामा बसेको सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

    नेकपा एमालेले विभिन्न केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान माग गरेको थियो । नेपाली कांग्रेसले भने मतगणना गर्नुपर्ने माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएको थियो ।

    यो क्षेत्रमा नेकपा एमालेबाट सचिव पद्‍मा अर्याल, नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङलगायत उम्मेदवार रहेका छन् ।


    बुधवार, मंसिर १४ २०७९०७:१९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij