Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोलखामा माओवादी केन्द्र अघिअघि, एमाले पछिपछि

दोलखामा माओवादी केन्द्र अघिअघि, एमाले पछिपछि

  • शुक्रवार, मंसिर १६ २०७९

  • 935
    SHARES

  • दोलखामा माओवादी केन्द्र अघिअघि, एमाले पछिपछि

    काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।

    प्राप्त पछिल्लो परिणामअनुसार प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायम राख्नुभएको छ । नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले माओवादीका कार्कीलाई पछ्याइरहनुभएको छ ।

    सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार कार्कीले ५ हजार ३५ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका शिवाकोटीले २ हजार ९२८ मत ल्याउनुभएको छ । माओवादी कार्की एमालेका शिवाकोटीभन्दा २ हजार ७७ मतले अगाडि हुनुहुन्छ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १३५ मत पाउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ५२ मत प्राप्त गर्नुभएको छ ।

     


    शुक्रवार, मंसिर १६ २०७९०१:३३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij