काठमाडौं । बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतदान अधिकृतले मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताउनुभयो ।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा हुनुहुन्छ।
उहाँले ५ हजार ४१९ मत प्राप्त गर्दा एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मत पाउनुभएको छ । प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगाडि हुनुहुन्छ ।