काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। प्राप्त पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायम गर्नुभएको छ ।
नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल गुरुङभन्दा २ हजार २३९ मतले पछाडि पर्नुभएको छ। गुरुङले १५ हजार ८०५ मतसहित अग्रता लिइरहनुभएको छ । एमालेकी अर्यालले १३ हजार ५६६ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका टिक राज गुरुङले ५ हजार ९९२ मत प्राप्त गर्नुभएको छ ।