काठमाडौं । दोलखामा मतगणनाको सुरुदेखि फराकिलो मतान्तरले एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पछि पारेका गठबन्धनका गंगा कार्कीको अग्रता घटेको छ ।
शैलुङ गाउँपालिका र गौरीशंकर गाउँपालिका गनिसक्दा करीव २ हजार मतान्तरले पछि परेका शिवाकोटीले कालिञ्चोक गाउँपालिकाको गणनापछि मतान्तर घटाउनुभएको हो ।
आज साँझ ७ बजेसम्मको गणनामा कार्कीले ५ हजार ६३४ मत पाउनुभएको छ भने शिवाकोटीले ४ हजार ७८७ मत पाउनुभएको छ । २ हजारको मतान्तरलाई घटाएर शिवाकोटीले ८ सयमा झार्नुभएको हो।