काठमाण्डौं । प्रतिनिधि सभातर्फ दोलखामा भइरहेको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता बढाउनुभएको छ ।
पछिल्लो विवरणअनुसार एमालेका शिवाकोटीले १८ हजार ६ सय ६३ मत ल्याउनुभएको छ भने नेकपा माओवादी केन्द्रका गंगा कार्कीले १६ हजार ७ सय ३७ मत ल्याउनुभएको छ । शिवाकोटी र कार्कीबीच एक हजार नौ सय २६ मतको अन्तर रहेको छ ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले २५ सय ७९ मत ल्याउनुभएको छ ।
प्रदेश सभा (क) मा भने नेपाली कांग्रेसका कुन्दनराज काफ्लेको अग्रता कायमै छ । प्रदेश सभा (ख) मा भने नेकपा एमालेका भरतबहादुर केसी विजयी भइसक्नुभएको छ ।