Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

  • शुक्रवार, पौष २९ २०७९

  • 579
    SHARES

  • गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज बसेको गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्नुभएको छ ।

    संविधानको धारा १६८ को उपधारा २ अनुसार पुस २५ गते मुख्यमन्त्री नियुक्ति हुनुभएका अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार बैठकमा विश्वासको मत माग गर्नुभएको थियो । ६० सदस्यमध्ये बैठकमा ५८ जना सहभागी थिए । जसमा ३१ सांसदले पक्षमा र २७ ले विपक्षमा मत दिएका छन् ।

    ६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई स्वतन्त्रसहित ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । विश्वासको मत लिदा भने राजीव गुरुङ सहभागी हुनुभएन । सभा ज्येष्ठ सदस्य मित्रलाल बस्यालको अध्यक्षतामा बसेको थियो ।


    शुक्रवार, पौष २९ २०७९०३:२६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij