Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बागमती सरकारबाट बाहिरिँदै राप्रपा

बागमती सरकारबाट बाहिरिँदै राप्रपा

  • शनिवार, फाल्गुण १३ २०७९

  • 644
    SHARES

  • बागमती सरकारबाट बाहिरिँदै राप्रपा
    काठमाडौं । बागमती प्रदेशका राप्रपाका मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिने भएका छन् । राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापाले राजीनामा बुझाउनका लागि मुख्यमन्त्री शालिकराम जमरकट्टेलसँग समय मागिएको बताउनुभयो ।
     
    केन्द्रमा समीकरण परिवर्तन भएको र संघीय सरकारका मन्त्रीहरूले समेत राजीनामा दिएका कारण पार्टीको निर्णय अनुसार सरकार छाड्न लागेको उहाँले बताउनुभयो ।
     
    बागमती प्रदेशमा राप्रपाका ३ जना मन्त्री छन् । राप्रपाबाट ऊर्जा मन्त्री थापासहित, डम्बरबहादुर तामाङ पर्यटन, उद्योग  तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री हुनुहुन्छ ।
     
    संसदीय दलका नेता थापाले पुस २५ गते मुख्यमन्त्री जमरकट्टेलसँगै विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको थियो। उहाँले माघ ११ गते मन्त्रिपरिषद्ले पूर्णता पाउँदा ऊर्जाको जिम्मेवारी पाउनुभएको थियो। तामाङ र विष्टले माघ ११ गते जिम्मेवारी पाउनुभएको थियो।


    शनिवार, फाल्गुण १३ २०७९०२:३९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij