Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरु जान हुँदैनः ओली

मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरु जान हुँदैनः ओली

  • मंगलवार, फाल्गुण ३० २०७९

  • 446
    SHARES

  • मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरु जान हुँदैनः ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मृत्युदण्ड दिने कानूनको पक्षमा नेपालीहरू जान नहुने बताउनुभएको छ ।

    मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरूको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै आज अध्यक्ष ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताउनुभयो।

    मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नहुने पनि उहाँको भनाइ थियो।

    ‘बुद्ध जन्मेको देशका बासिन्दाहरू कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान हुँदैन,’ उहाँले भन्नुभयो ‘मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन। त्यसकारण हामी स्थायी रूपमा मृत्युदण्डको पक्षमा कुनै आवेश वा उत्तेजनामा पनि जान हुँदैन।’

    सोही सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टिसमेत जनाउनुभएको छ ।

    सोही सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ ।

    माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई नै घेराबन्दी गर्ने, तर्साउने, धम्क्याउने काम गरिरहेको बताउनुभयो। उहाँले मानव अधिकारको रक्षाका लागि लड्न पार्टी निकट मानव अधिकार एलाईन्सलाई निर्देशनसमेत दिनुभयो।

    अध्यक्ष ओलीले मानव अधिकारको पक्षमा उभिन सक्ने र रक्षा गर्न सक्ने काममा इमान्दार र समर्पित भएर लाग्न पनि सो एलाईन्सलाई सचेत गराउनुभयो।


    मंगलवार, फाल्गुण ३० २०७९०३:०५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij