Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

आफ्नो बोली कसैले बन्द गराउन नसक्ने राहुल गान्धीको चेतावनी

आफ्नो बोली कसैले बन्द गराउन नसक्ने राहुल गान्धीको चेतावनी

  • शनिवार, चैत्र ११ २०७९

  • 517
    SHARES

  • आफ्नो बोली कसैले बन्द गराउन नसक्ने राहुल गान्धीको चेतावनी

    एजेन्सी । अदालतबाट चार वर्ष पुरानो मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसद पद गुमाएका भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीले भारतमा लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् ।

    सांसद पद गुमाउनु परेको भोलिपल्ट शनिबार उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।नाटकीय ढंगले विकसित घटनाक्रमपछि गान्धीले शनिबार दिल्लीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका हुन् ।

    यस क्रममा उनले भारतको लोकतन्त्रमाथि भइरहेको आक्रमणको दिन प्रतिदिन नयाँ नयाँ उदाहरण आइरहेको बताए । तर उनले कुनै पनि परिस्थितिबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न आफूले बन्द नगर्ने पनि बताए ।

    गान्धीले आफूलाई संसद पदबाट हटाएर, धम्क्याएर, जेलमा हालेर आफ्नो बोली कसैले बन्द गराउन नसक्ने चेतवानी दिएका थिए ।हिन्दुस्तानको लोतन्त्रका लागि आफू लडिरहेको भन्दै उनले त्यसका लागि निरन्तर लडिरहने र केहीसँग पनि आफूलाई डर नहरेको बताए ।

    सरकारले नियम परितर्वन गरेर अडानीलाई एयरपोर्टको जिम्मा लगाएको बताए । साथै मोदी गुजरातको मुख्यमन्त्री रहेदेखि नै अडानीले संरक्षण पाएको आरोप लगाए ।


    शनिवार, चैत्र ११ २०७९०५:५५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij