Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामुदायिक सारथीको लागुऔषध दुर्व्यसन न्यूनिकरण कार्यक्रम सम्पन्न

सामुदायिक सारथीको लागुऔषध दुर्व्यसन न्यूनिकरण कार्यक्रम सम्पन्न

  • शुक्रवार, बैशाख २९ २०८०

  • 622
    SHARES

  • सामुदायिक सारथीको लागुऔषध दुर्व्यसन न्यूनिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक सारथीले लागुऔषध दुर्व्यसन न्यूनिकरण विषयक एक दिने छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

    कार्यक्रममा प्रमुख सहजकर्ता लागुऔषध नियन्त्रण ब्यूरोका डिएसपी नारायण रन्जितकारले लागुऔषध नियन्त्रण चुनौतिपूर्ण रहेकोले यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । कतिपय लागुऔषध नेपालमै प्राकृतिक रुपमा पाउने भएकोले पनि यसको नियन्त्रणमा समस्या भएको, भारतसँगको खुल्ला सिमानाको कारण नियन्त्रित औषधिहरुको दुरुपयोग बढेको, लागुऔषध नियन्त्रण सम्बन्धी राष्टिय नीति तथा रणनिति अनुसार सरकार र सरोकारवाला निकायहरुले प्रचार प्रसारमा खेल्नुपर्ने भूमिका कमि भएकोले कतिपय यूवाहरु लहैलहैमा नै लागु औषध दुव्र्यसनको सिकार भएको बताउनु भयो ।

    भुसको आगो जस्तै भएर समाजमा व्याप्त यो समस्या समाधान गर्न स्थानीय सरकार, विद्यालय, अभिभावक समेतको हातेमालो हुनुपर्ने कुरामा जोड दिँदै यूवाहरुको लागि खेलकुद स्थलहरुको व्यवस्था, बाल्य अवस्थाबाटै छनौटको बिकल्पहरुको बारेमा परिवारमा छलफलहरु गर्नुपर्ने कार्यक्रमका सहभागिहरुले बताउनुभयो ।

    काठमाडौं महानगरपालिकाको शिक्षा शाखाको प्रतिनिधि मोतीप्रसाद भट्टराईले आफ्नो तर्फबाट काठमाडौंको सामाजिक विषयका शिक्षकहरुलाई यस विषयमा पर्यात्प तयारी गर्न सहयोग गर्ने बताउँदै बजारमा अनेक प्रकारको वस्तु भएपनि कुन छान्ने भन्ने छनौटको विकल्प यूवा तथा बिद्याथी संग भएकोले सहि विकल्पमा जान सक्ने बनाउने दायित्व अभिभावक र शिक्षकको भएको बताउनु भयो ।

    सूचनाको हककोलागि राष्ट्रिय महासंंघका अध्यक्ष उमिद बागचन्दले शहरका जिम्मेवार नागरिकले सार्वजनिक स्थलको निगरानी गरी अवान्छित गतिबिधि हुन लागेको थाहा पाएमा नियन्त्रण गर्नुपर्ने र अभिभावकले आफ्ना बालबालिकालाई निगरानीमा राख्नुपर्ने बताउनुभयो ।
    विभिन्न क्यम्पसका विद्यार्थी, शिक्षक, पत्रकार, वकिल र महानगरका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रम सामुदायिक साथीको अध्यक्ष कृष्णप्यारी नकर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

     


    शुक्रवार, बैशाख २९ २०८००६:४९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij