Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्छ लालबाबु पण्डित

भ्रष्टाचारीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्छ लालबाबु पण्डित

  • सोमवार, जेठ ८ २०८०

  • 637
    SHARES

  • भ्रष्टाचारीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्छ  लालबाबु पण्डित
    काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन हुने विश्वास गर्ने ठाउँ नरहेको बताउनुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै पण्डितले भन्नुभयो, ‘यो नीति तथा कार्यक्रम कागजमा लेखिएको कालो अक्षरको थुप्रो मात्र हो । यो गठबन्धनलाई आफ्नो आयु त थाहा छैन, आफूले गर्ने काम कसरी थाहा पाउँछ ? गठबन्धन आपसमा लुछाचुँडी गरेर कहिले ढल्ने हो, त्यही टुंगो छैन । यस्तो अवस्थामा यसले जनताको मुख हँसिलो, रसिलो र उज्यालो बनाउने कुरा कसरी पत्याउने?’ 
     
    सरकारले मुलुकमा विद्यमान आर्थिक संकट भुलेर बाँड्ने कुरा मात्र गरेको तर आम्दानीको स्रोत देखाउन नसकेको पनि पण्डित औंल्याउनुभयो । 
     
    नक्कली भुटानी शरणार्थी प्रकरणका सबै दोषीलाई टुँडिखेलमा पिँजडा बनाएर राख्नुपर्ने पनि उहाँले बताउनुभयो । भ्रष्टाचारीलाई जोगाउन कोही लाग्छ भने आफैं सकिने पनि पण्डितले औंल्याउनुभयो । 
     


    सोमवार, जेठ ८ २०८००९:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij