Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री प्रचण्डले र चिनियाँ नेता च्या चुनबीच भर्चुअल संवाद

प्रधानमन्त्री प्रचण्डले र चिनियाँ नेता च्या चुनबीच भर्चुअल संवाद

  • आइतवार, श्रावण ७ २०८०

  • 619
    SHARES

  • प्रधानमन्त्री प्रचण्डले र चिनियाँ नेता च्या चुनबीच भर्चुअल संवाद
    काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्यसमेत रहेका नेता युआन च्या च्युनसँग भर्चुअल संवाद गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड इटाली भ्रमणमा रहेका बेला चिनियाँ नेता युआन च्या च्युन नेपाल भ्रमणमा हुनुहुन्छ ।
     
    प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड र च्या च्युनबीच आइतबार(आज) भर्चुअल माध्यमबाट संवाद भएको हो । प्रधानमन्त्री प्रचण्ड र नेता च्या चुनबीच अपराह्न: ४ बजे संवाद भएको सचिवालयले जानकारी दिएको छ । संवादमा दुई देशका आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।
     
    सीपीसीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन तीनदिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुग्नुभएको हो। दक्षिण एसियाका मुलुकहरूको भ्रमणमा रहेका उहाँ श्रीलंकाको भ्रमण सकेर नेपाल आइपुग्नुभएको हो ।


    आइतवार, श्रावण ७ २०८००६:२४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij