Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशमा सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत

कोशी प्रदेशमा सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत

  • सोमवार, भाद्र ४ २०८०

  • 732
    SHARES

  • कोशी प्रदेशमा सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई दुरुपयोग गर्दै विश्वासको मत पाउनुभएको छ ।

    प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गर्नुभएको हो। प्रस्तावको विपक्षमा ३० मत परेको थियो ।

    १६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले ३ भदौमा विश्वासको मत लिन चाहानुभएको थियो । तर उपसभामुख सृजना दनुवारले सोमबारका लागि बैठक राख्नुभयो र बिहान उपचारका लागि भन्दै काठमाडौं हिड्नुभयो ।

    त्यसअघि उहाँले अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठक सञ्चालनको जिम्मेवारी तोक्नुभएको थियो। मन्सुरीले अध्यक्ष मण्डलको सदस्यका हैसियतमा प्रदेशसभा बैठक सञ्चालन गर्नुभएको हो ।


    सोमवार, भाद्र ४ २०८००६:००:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij