Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

  • आइतवार, भाद्र ३१ २०८०

  • 6.1K
    SHARES

  • विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु

    काठमाडौं। ब्राजिलको अमेजनमा आज विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अतिकम ‘भिजिबिलिटी’मा अवतरण गर्दा विमान दुर्घटना भएको हो। अमेजनस राज्यका सुरक्षा सचिव भिनिसियस अल्मेडाले सानो प्रोपेलर विमान दुर्घटनामा परेको र विमानमा सवार १२ यात्री र चालक दलका दुईजना सदस्यको मृत्यु भएको बताएका छन्।

    ब्राजिलको विमान निर्माता कम्पनी एम्ब्रेरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रप विमानमा सुरक्षाका सबै पूर्वशर्त एवं उड्डयन नियमको पूर्णपालना गरिएको जनाइएको छ। विमान कम्पनीले एक विज्ञप्ति निकालेर यान्त्रिक खराबीका कारण दुर्घटना भएको मान्न सकिने आधार नभएको बताएको छ।

    धेरै राष्ट्रिय निकुञ्ज नजिक रहेको लोकप्रिय पर्यटकीय गन्तव्य बार्सिलोसमा माछामार्ने मनोरञ्जनात्मक खेलमा सहभागी हुन एक जना व्यापारीले उक्त विमान चार्टर गरेका थिए। विभिन्न प्रजातिका माछाका लागि परिचित उक्त स्थानमा हरेक वर्ष यो महिना माछामार्नेको भीड लाग्ने गर्दछ।घटनाको अनुसन्धान सुरु गरिएको छ।


    आइतवार, भाद्र ३१ २०८००२:३९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij