Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

शिक्षकहरूद्वारा काठमाडौं महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय

शिक्षकहरूद्वारा काठमाडौं महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय

  • बुधवार, आश्विन ३ २०८०

  • 1.9K
    SHARES

  • शिक्षकहरूद्वारा काठमाडौं महानगरको निर्देशन अवज्ञा, आन्दोलनमै जाने निर्णय

    काठमाडौं । शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको उर्दीको अवज्ञा गर्दै आन्दोलनमा सहभागी हुने निर्णय गरेका छन् । उनीहरुले बन्द हड्तालमा नजान काठमाडौं महानगरले गरेको उर्दीको अवज्ञा गर्दै आन्दोलनमै जाने निर्णय गरेका हुन् ।

    बुधबार बसेको महानगरभित्रका ८४ जना प्रधानाध्यापकसहित शिक्षक कर्मचारीको बैठकले आजदेखि सुरु भएको आन्दोलनलाई निरन्तरता दिने र महानगरको उर्दीको अवज्ञा गरेर जाने निर्णय गरेको हो ।

    काठमाडौं महानगरले विद्यालय बन्द नगर्न चेतावनी दिएको बेला उनीहरूले आन्दोलनमा जाने निर्णय गरेका छन् । पद्मोदय माविका प्रधानाध्यापक नारायण गौतमले आन्दोलनमै जाने निर्णय गरिएको बताउनुभयो। महानगरभित्रका ८४ जना प्रधानाध्यापककै हस्ताक्षरसहित निर्णय गरेर आन्दोलनबाट पछि नहट्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

    काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा १ हजार ८०० शिक्षक छन् । उनीहरूले आन्दोलन हुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । आन्दोलनका कारण जति दिन विद्यालय बन्द गरियो त्यति दिन बिदाको समयमा पठनपाठन गरिने प्रधानाध्यापक गौतमले बताउनुभयो ।

     


    बुधवार, आश्विन ३ २०८००७:३०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij