Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई भारतीय सर्वोच्च अदालतको वैधता

जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई भारतीय सर्वोच्च अदालतको वैधता

  • सोमवार, मंसिर २५ २०८०

  • 772
    SHARES

  • जम्मु कश्मीरको विशेषाधिकार छिन्ने मोदीको निर्णयलाई भारतीय सर्वोच्च अदालतको वैधता

    काठमाडौं । भारतको सर्वोच्च अदालतले जम्मु कश्मिरबाट लद्दाखलाई अलग गर्ने नरेन्द्र मोदी सरकारको निर्णय र संविधानको धारा ३७० खारेजीलाई वैधानिकता दिएको छ ।

    सर्वोच्च अदालतको यो फैसला यस्तो समयमा आएको छ कि, मोदी दोस्रोपटक सत्तामा आएलगत्तै गरिएको निर्णयलाई मोदीको तेस्रोपटक सत्तामा आउने घोषणासहित चुनाव हुने ६ महिनाअघि उनको निर्णयले वैधता पाएको छ ।

    संविधानको धारा ३७० हटाउने निर्णयविरुद्ध परेको रिटको अन्तिम सुनुवाइ गर्दै मुख्य न्यायाधीश डिवाइ चन्द्रमुडले यस्तो फैसला सोमबार सुनाएको पीटीआईले जनाएको छ । अब लद्दाख केन्द्र मातहतको प्रशासनिक क्षेत्र बनेको छ । जम्मु कश्मिरबाट लद्दाख हटाउने निर्णय हिन्दू राष्ट्रवादीले स्वागत गरेका थिए भने अन्यले विरोध गरेका थिए ।

    अदालतले जम्मु कश्मीरसँग भारतको अन्य राज्यभन्दा फरक आन्तरिक सम्प्रभुता नरहेको समेत सुनाएको छ । राज्यको युद्धको अवस्थामा जम्मु कश्मीरलाई स्वायत्तता दिनेगरी संविधानको धारा ३७० बनाइए पनि त्यो अस्थायी रहेको र अब भारतको अभिन्न अंग बन्नेबाहेक कश्मीरसँग अरु अधिकार नरहेको अदालतको फैसला छ ।


    सोमवार, मंसिर २५ २०८००२:०५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij