Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारतको लोकसभाबाट ३० सांसद निलम्बित

भारतको लोकसभाबाट ३० सांसद निलम्बित

  • सोमवार, पौष २ २०८०

  • 929
    SHARES

  • भारतको लोकसभाबाट ३० सांसद निलम्बित
    काठमाडौं । भारतमा कांग्रेस आईका नेता अधीर रञ्जन चौधरी समेत ३० जना सांसद निलम्बनमा परेका छन् ।
     
    हिउँदे अधिवेशनका बाँकी बैठकमा उपस्थित हुन नपाउने गरी उनीहरू निलम्बनमा परेका भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । 
     
    यसअघि लोकसभाबाट १३ सांसद निलम्बनमा परेका थिए । डिसेम्बर १३ तारिखका दिन लोकसभामा भएको सुरक्षा चुकको मामिला उठाउँदै आज सोमबार विपक्षीहरूले लोकसभामा विरोध जनाएका थिए ।
     
    दर्शकका रुपमा प्रवेश गरेका व्यक्तिले बैठक स्थलमा कुदेर धुवाँ फैलाएको बारेमा उनीहरूले गृहमन्त्रीसँग जवाफ मागेका थिए । विपक्षी सांसदले लगातार विरोध जनाएपछि बैठक पनि स्थगित भएको छ ।


    सोमवार, पौष २ २०८००४:४२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij