Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

चीनमा गएको भूकम्पमा परी १ सय ११ जनाको मृत्यु

चीनमा गएको भूकम्पमा परी १ सय ११ जनाको मृत्यु

  • मंगलवार, पौष ३ २०८०

  • 1.4K
    SHARES

  • चीनमा गएको भूकम्पमा परी १ सय ११ जनाको मृत्यु

    एजेन्सी । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी १ सय ११ जनाको मृत्यु भएको छ। ​ भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।

    उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो। गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

    उद्धार कार्य जारी रहेको छ। केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।


    मंगलवार, पौष ३ २०८००७:५१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij