Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

  • मंगलवार, पौष १७ २०८०

  • 1.9K
    SHARES

  • जापान भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो

    काठमाडौं । जापानमा भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ४८ पुगेको छ । इशिकावाको प्रकोप मुख्यालयले अहिलेसम्म ४८ जनाको शव प्राप्त भएको र खोजी कार्य चलिरहेको बताएको बीबीसीले जनाएको छ । झन्डै एक हजार उद्धारकर्ताले भूकम्पबाट ढलेका संरचनाको भग्नावशेषमुनि खोजी तथा उद्धारको काम गरिरहेका छन् ।

    हिजो सोमवार इशिकावा प्रान्तको नोतो प्रायद्वीपमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पपछि सुनामीसमेत आएको छ । तर यति शक्तिशाली भूकम्पमा पनि जापानमा तुलनात्मक रूपमा कम क्षति भएको छ । जसको कारण जापानले सन् १९८१ मा लागू गरेको भवन निर्माण संहिता हो ।

    हिजोको भूकम्पमा केही साना घरहरू भत्किए पनि ठूलो घर एउटा मात्रै भत्किएको र त्यो पनि सन् १९७१ मा बनेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

    जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई दुःखविरुद्धको लडाइँ भन्दै सरकारले प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।


    मंगलवार, पौष १७ २०८००३:२२:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij