Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु पुष्टी, यी हुन् मृतकहरु

रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु पुष्टी, यी हुन् मृतकहरु

  • मंगलवार, पौष १७ २०८०

  • 1.6K
    SHARES

  • रुस–युक्रेन युद्धमा थप ३ नेपालीको मृत्यु पुष्टी, यी हुन् मृतकहरु

    काठमाडौं। रुस–युक्रेन युद्धमा परि थप ३ जना नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रुसी सेनामा भर्ती हुन गएका स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन्।

    योसँगै रुस–युक्रेन युद्धमा गएर मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ। परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ सम्ममा मृत्यु हुने नेपालीको संख्या ७ पुगेको जनाएको थियो ।

    जसमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन्।

    रुसी सेनामा भर्ती भएर युक्रेनी फौजले ४ जना नेपालीलाई कब्जामा लिएका छन्। उनीहरूलाई छुटाउने सम्बन्धमा परराष्ट्रले गृहकार्य गरिरहेको छ।


    मंगलवार, पौष १७ २०८००३:४८:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij