काठमाडौं। कोरियन भाषा परीक्षा (ईपीएस)मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन्। उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस)शाखाले उत्पादनतर्फ पुनः माग गरेको आवेदनमा सो सङ्ख्यामा आवेदन परेको हो।
उच्च अदालत पाटनले बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ)का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो।
त्यसपछि खुला गरिएको आवेदनमा अहिलेसम्मकै धेरै १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ। शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन आवेदन माग गरिएको थियो।