Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी केन्द्रद्वारा दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही

माओवादी केन्द्रद्वारा दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही

  • बुधवार, माघ ३ २०८०

  • 1.2K
    SHARES

  • माओवादी केन्द्रद्वारा दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही

    काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ ।

    हालै बसेको स्थायी कमिटी बैठकको निर्णय पार्टी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सर्कुलर पठाउँदै दुई जनालाई कारबाही गरेको जनाएको हो ।

    वैकल्पिक केन्द्रीय सदस्यद्वय विरु तामाङ (भक्तपुर) र उमा वि.क. (कपिलवस्तु) पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उल्लेख छ । यस्तै, अर्का वैकल्पिक केन्द्रीय सदस्य नैनप्रसाद पहाडीले प्राविधिक कारण देखाई दिएको राजीनामा पनि स्वीकृत गरेको छ ।

    बैठकले भुकम्प प्रभावित क्षेत्रमा चीन सरकारको तर्फबाट वितरण गर्न लगिएको राहात सामाग्री वितरण गर्ने क्रममा विवाद उत्पन्न हुँदा वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीको उपस्थितिमा चिनियाँ टोलीका प्रमुख महिलामाथि कुटपिट भएको घटनाको बारे स्पष्टिकरण सोधेको छ । उनीमाथि लिखित स्पष्टिकरण सोध्ने र आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाउने निर्णय बैठकले गरेको छ ।

     


    बुधवार, माघ ३ २०८००२:०८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij