Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उत्तर कोरियाद्वारा पूर्वीय तटबाट क्रुज मिसाइल प्रहार

उत्तर कोरियाद्वारा पूर्वीय तटबाट क्रुज मिसाइल प्रहार

  • आइतवार, माघ १४ २०८०

  • 841
    SHARES

  • उत्तर कोरियाद्वारा पूर्वीय तटबाट क्रुज मिसाइल प्रहार

    काठमाडौं । उत्तर कोरियाले आफ्नो पूर्वीय तटबाट कैयौँ क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

    पछिल्ला महिनाहरूमा उत्तर कोरियाले कयौँ पटक मिसाइल परीक्षण गरेको छ जसले कोरियाली प्रायद्वीपमा तनाव बढेको छ ।

    आइतबार सिनपो बन्दरगाह नजिकैबाट मिसाइल प्रहार गरिएको थियो । कति वटा र कस्ता प्रकारका मिसाइल प्रहार गरिए भन्ने खुल्न सकेको छैन । गत बुधबार मात्र उत्तर कोरियाले फुलवासाल–३–३१ नामक क्रुज मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले जानकारी दिएको थियो ।

    उत्तर कोरियाली नेता किम जोङ उन पछिल्लो समय आफ्नो नीतिमा आक्रामक बन्दै गएका छन् । उनले शान्ति लक्षित विभिन्न सहमतिहरू तोडेका छन् भने सैन्य गतिविधिहरू बढाएका छन् ।


    आइतवार, माघ १४ २०८००२:०८:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij