Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बम विष्फोट हुँदा पाकिस्तानमा २० जनाको मृत्यु

बम विष्फोट हुँदा पाकिस्तानमा २० जनाको मृत्यु

  • बुधवार, माघ २४ २०८०

  • 1.0K
    SHARES

  • बम विष्फोट हुँदा पाकिस्तानमा २० जनाको मृत्यु

    काठमाडौं। पाकिस्तानमा घातक बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ। निर्वाचनको पूर्वसन्ध्यामा बलोचिस्तान प्रान्तका विभिन्न दुई स्थानमा भएको बम विष्फोटमा परी कम्तिमा २० जनाको मृत्यु भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्।

    स्थानिय अधिकारीहरूले दिएको जानकारीअनुसार स्वतन्त्र उम्मेदवारसमेत रहेका इसफंदियार काकरको सम्पर्क कार्यालय बाहिर भएको बम विस्फोटमा १२ जनाको र किल्लाह शेफ उल्लाह जिल्लामा भएको बिस्फोटमा ८ जनाको मृत्यु भएको हो।

    घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई नजिकैको अस्पतालमा उपचार जारी रहेको छ।


    बुधवार, माघ २४ २०८००४:०८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij