Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन

  • शनिवार, बैशाख १५ २०८१

  • 9.9K
    SHARES

  • रास्वपाका उम्मेदवार मिलन लिम्बूलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले इलाम–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूलाई कारबाही गर्न निर्देशन दिनुभएको छ । 
     
    लिम्बूले मतदानका क्रममा आफ्नो पार्टीको चुनाव चिह्न घण्टीको ब्याच कोटमा लगाउनुभएको थियो । उक्त तस्बिर सामाजिक सञ्जालमा आफैंले पोस्टसमेत गर्नुभएको थियो । 
     
    प्रमुख आयुक्त थपलियाले उक्त कार्य निर्वाचन आचारसंहिताअनुसार नभएको भन्दै कारबाही गर्न जिल्ला निर्वाचन अनुगमन समितिलाई निर्देशन दिएको बताउनुभयो । 
     
    ‘इलाम२ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुबाट आचारसंहिता उल्लंघन भएको देखियो, स्पष्टीकरण सोध्छौं,’ उहाँले भन्नुभयो, ‘चित्तबुझ्दो जवाफ नआए कारबाही गर्छौं ।’
     
    उहाँले अनुगमन समितिलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा कारबाही प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको बताउनुभयो । 
     
    ‘रास्वपाका उम्मेदवारले आफ्नो पार्टीको चुनाव चिह्नको घण्टीसहित गएर मतदान गरेको जानकारी हुन आएको छ,’ उहाँले भन्नुभयो, ‘तदनुसारकै प्रक्रिया अघि बढाउन र अन्य कानूनी व्यवस्थासहित थप आदेश दिनु नपर्ने गरी कारबाही गर्न हामीले निर्देशन दिएका छौं ।’


    शनिवार, बैशाख १५ २०८१०३:३०:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij