भुवन न्यौपाने
मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेस कै थियो । आमनिर्वाचन २०७९ देखि उपनिर्वाचन २०८१ सम्म दुवै दलको मत केहि अनुपातमा खस्किएको पनि छ ।
चुनावमा मतान्तरले हारजित स्वभावतः हो । एमालेले निकै रणनीतिक जोडवलका कारण आफ्नो प्रतिनिधिसभाको एक मत जित मार्फत संरक्षण गर्न सक्यो ।
कांग्रेसमा सुरुवाती देखि नै पार्टीको एकताको संन्देश दिन सकेन । एमालेको सत्तारोहण र कांग्रेसको सत्ताबाट बाहिरिनुले आममानिसका मतमा आशा र निराशा पनि थपिएको पक्कै हो । एमाले जित सहित प्राविधिक र रणनीतिक पक्षमा एकताको सन्देश दिन सफलता प्राप्त गरेकै हो । यसले एमालेलाई बलियो पार्टी बनाउने उद्देश्यमा थप बल पुगेको पनि छ ।
तर, रास्वपाको जमानत जफत सहित सहकारी प्रकरणको यति धेरै विवादित मुद्दाका बीच ५०५० मत दिने जनतामा अझै चेतना नपुगेको हो कि अन्योलता भन्ने प्रश्न जीवीतै छ । गति र गन्तव्य विनाको प्रियतावादी दललाई मति सुधार्ने गतिलो अवसर पनि हुन सक्छ ।
अर्कातर्फ, पहिचानवादीको सम्मानजनक मतले नयाँ संकेत चाहि पक्कै गरेको छ । यो मुद्दाको बिजारोपणसंगै नेपालको भावि राजनीतिले कतातिरको गति लिन्छ भन्ने आशंका उब्जिएका पनि छन् । व्यवस्था बदल्छु भनेर चरण बध्द आन्दोलन गरेका पश्चगामीहरुलाई निकै पछाडी धकेलिदिएको पनि देखिन्छ ।
उपनिर्वाचनको सन्देशलाई पार्टिहरुले आत्मसमिक्षा सहित सुधारका लागि नयाँ नीति तथा कार्यक्रमको ग्रहण र अभ्यास नगरे घण्टी अब यता बज्नेवाला छ पार्टीवाला होईन कि पहिचान र धर्मवाला । जुन ठुला स्थापित दलहरुका लागि चुनौतीको विषय पनि हो । यतातिर यी ठुला दलको सुझबुझ पुगेन भने आगामी दशक पनि नेपालको राजनीतिक अस्थीरता विगत जस्तै अन्योलता तर्फ धकेलिने पक्का छ ।
तर, सुधार र परिवर्तनको आशा चाहीँ राखौँ । त्यसका लागि सकारात्मक समर्थन र खवरदारी पनि गर्न नछोडौँ ।