काठमाडौं । नेपाली रेडियो नेटवर्कका समाचार संयोजक खेम बहादुर बम सारेगम अवार्डबाट सम्मानित भएका छन् । लोक सङ्गीत,भाषा साहित्य लगायतका विधामा बमले खेलेको योगदानको कदर गर्दै सारेगम अवार्ड २०८१ बाट सम्मानित भएका हुन् ।
लामो समयदेखि सञ्चार कर्ममा रहेका बमलाई बुधवार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले अवार्ड दिएर सम्मान गरे । कैलालीको टीकापुरमा अवस्थित सामुदायिक रेडियो टीकापुरबाट सञ्चार यात्रा सुरु गरेका बम स्पेस फोरके टेलिभिजनको समाचार सम्पादकका रूपमा कार्यरत रहेका छन् ।
बम यस अघि त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेजर हुँदै जनता टेलिभिजनको जिल्ला कोर्डिनेटर समेत रही काम गरेका थिए । उनले आफू सम्मानित हुनुले कर्म क्षेत्रमा थप हौसला र उत्प्रेरणा प्राप्त भएको बताएका छन् । अवार्ड कार्यक्रममा विभिन्न विधामा कलाकार र पत्रकार सम्मानित भएका छन् ।