Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन : ओली

योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन : ओली

  • शुक्रवार, आषाढ ७ २०८१

  • 1.0K
    SHARES

  • योगलाई कुनै धर्म र जातमा सीमित गर्नु हुँदैन : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई कुनै धर्म र जातमा सीमित गर्न नहुने बताउनुभएको छ। शुक्रबार १० औँ विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पार्टीले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    अध्यक्ष ओलीले योग नेपाल भूमिबाट सुरु भएको उल्लेख गर्दै योग कुनै धर्म, जाति, भूगोल र राजनीतिक विचार धारामा सीमित नहुने बताउनुभयो । उहाँले योगलाई मानव जातिको कल्याणका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले योग मानव समाजव्यापी हुन जरुरी रहेको बताउनुभयो ।

    अध्यक्ष ओलीले चित्त निरोधक नै योग रहेको बताउनुभयो । योग भनेको अनुशासित र पवित्र जीवन रहेको उहाँले बताउनुभयो । उहाँले योगको बाटोमा लाग्न र फैल्याउन आग्रह गर्नुभयो ।

     


    शुक्रवार, आषाढ ७ २०८१०३:३२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij