Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्य गर्ने तयारीमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्य गर्ने तयारीमा

  • शनिवार, आषाढ १५ २०८१

  • 1.8K
    SHARES

  • युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्य गर्ने तयारीमा

    काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको युद्ध अन्त्य गर्न विश्वको बहुमतले समर्थन गर्ने ‘विस्तृत योजना’ तयार गरिरहेको अल जजिराले शनिबार जनाएको छ ।

    ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना देखाउनु आफ्नो लागि धेरै महत्त्वपूर्ण छ’, युक्रेनी राष्ट्रपतिले स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार किएभमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन् ।

    उनले यो कूटनीतिक मार्ग भएको र यसमा आफूहरूले काम गरिरहेको बताउँदै युक्रेन र रूसबीच हाल कुनै वार्ता भने नभएको स्पष्ट पारे ।

    युक्रेन र रूसबीच हालसम्म कुनै वार्ता नभएकाले जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सार्वजनिक बयानका आधारमा सम्भावित शान्ति सम्झौताका शर्तहरूको कुरा गर्दा दुई पक्ष पहिलेभन्दा धेरै टाढा देखिन्छन् ।

    शान्ति वार्ता सुरु हुनअघि युक्रेनले बारम्बार क्रिमियाको प्रायद्वीपसहित आफ्नो अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्षेत्रबाट रूसले आफ्नो सेना फिर्ता लिनुपर्ने बताउँदै आएको छ ।

    यद्यपि २०२२ फेब्रुअरीमा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रूसको कब्जामा रहेको आफ्नो पूर्व र दक्षिणको थप क्षेत्र खाली गरेर प्रभावकारी रूपमा आत्मसमर्पण गर्न माग गरेका छन् ।

    चालू महिनाको सुरुमा युक्रेनी राष्ट्रपतिले स्विजरल्याण्डमा एउटा अन्तर्राष्ट्रिय शिखर सम्मेलनको आयोजना गरेका थिए । सम्मेलनमा युक्रेनको स्थितिका लागि समर्थन जुटाउन रूसलाई आमन्त्रित गरिएको थिएन ।

    स्विजरल्याण्डमा भएको दुई दिने शिखर सम्मेलनमा ९० भन्दा बढी देशले नेता र वरिष्ठ अधिकारीहरू पठाएको र अधिकांशले युक्रेनको ‘क्षेत्रीय अखण्डता’लाई सम्झौतामा सम्मान गर्नुपर्ने कुरामा जोड दिने अन्तिम विज्ञप्ति जारी गर्न सहमत भएको अल जजिराले जनाएको छ ।

     


    शनिवार, आषाढ १५ २०८१०४:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij