Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भ्रष्टचारका ठूला फाइल बन्द गर्न कांग्रेस–एमाले मिलेका हुन् : राजेन्द्र पाण्डे

भ्रष्टचारका ठूला फाइल बन्द गर्न कांग्रेस–एमाले मिलेका हुन् : राजेन्द्र पाण्डे

  • मंगलवार, आषाढ २५ २०८१

  • 991
    SHARES

  • भ्रष्टचारका ठूला फाइल बन्द गर्न कांग्रेस–एमाले मिलेका हुन् : राजेन्द्र पाण्डे

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नयाँ सरकार गिरिबन्धु प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण लगायत ठूला प्रकरणहरु छोप्नका लागि बन्न लागेको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले आशंका उब्जिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘आम रुपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्छ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ।’

    उहाँले कांग्रेस एमाले सरकारमा आफूहरु सहभागी हुने कुरा नसोचेको समेत बताउनुभयो ।

     


    मंगलवार, आषाढ २५ २०८१०४:५८:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij