Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लाग्यो

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लाग्यो

  • आइतवार, आषाढ ३० २०८१

  • 882
    SHARES

  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लाग्यो

    एजेन्सी ।अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प गोली लागेर घाइते हुनुभएको छ ।

    अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला गोली चल्दा पूर्वराष्ट्रपति ट्रम्पलाई गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    गोली चल्दा र्‍यालीमा सहभागी एक जनाको ज्यान गएको छ । गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । गोली लागेपछि ट्रम्पलाई सुरक्षाकर्मीले मञ्चबाट सुरक्षित स्थानतर्फ लगेका थिए ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा कुनै पनि हिंसात्मक घटनालाई ठाउँ नदिइने बताउनुभएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको निन्दा गर्नुभएको छ ।


    आइतवार, आषाढ ३० २०८१०७:४९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij